‘गोर्खा वारियर’को प्रिमियरमा उपराष्ट्रपति उपस्थित हुने
गोर्खाजको ऐतिहासिक कथामा निर्माण भएको चलचित्र ‘गोर्खा वारियर’को काठमाडौं प्रिमियरमा बिशिष्ठ ब्यक्तिहरुको सहभागिता रहने भएको छ ।
९ फागुनमा काठमाडौंमा आयोजित प्रिमियरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादबको प्रमुख आतिथ्यता रहने पक्का भएको निर्माण पक्षले जनाएको छ । काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा हुने रेड कार्पेट प्रिमियरमा उपराष्ट्रपति सहित पूर्व प्रधानमन्त्री र मन्त्रीहरुको समेत उपस्थिति रहने जनाइएको छ ।
निर्माता सुमन राईका अनुसार रेड कार्पेट प्रिमियरको विशिष्ट अतिथिमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती, राष्ट्रिय प्रजातन्त्री पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, लोकतान्त्रिक समाजबादी पार्टी नेपालका बरिष्ठ नेता राजेन्द्र महतोको पनि उपस्थिति रहने पक्का भएको छ ।
यस्तै पूर्व मन्त्रीहरु, विभिन्न राजनीतिक पार्टीका बरिष्ठ नेताहरु, साँसदहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, सामाजिक अभियन्ता र चलचित्रकर्मीहरुको पनि उपस्थिति रहने निर्माता राईले जनाएका छन् ।
चलचित्रको काठमाडौं अघि ५ फागुनमा धरान र ७ फागुनमा पोखरामा प्रिमियर हुनेछ । मिलन चाम्सको लेखन तथा निर्देशन रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सुमन राई र सुस्मिता वाइवा निर्माता रहेको चलचित्रको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
