‘गुञ्जन’को ट्रेलर सार्वजनिक
चलचित्र ‘गुञ्जन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक १ मिनेट ५० सेकेन्ड लामो ट्रेलरमा त्रिकोणात्मक प्रेमकथालाई बुनिएको छ ।
आगामी पौष २९ गतेबाट प्रदर्शन हुने चलचित्रमा सारा सिर्पाली र प्रितमराज सेन्चुरीको प्रेम जीवनमा कबीर खड्काको प्रवेशपछि आउने विभिन्न उतारचढाव र साराका खातिर प्रितम र कबीरबीचको टकरावलाई ट्रेलरमा स्थान दिइएको छ । चलचित्रमा सारा, प्रितम र कविरसँगै सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
द्वन्द्व निर्देशक अष्ट महर्जनको डेब्यू निर्देशकिय चलचित्रबाट प्रितमराज सेञ्चुरीले पनि अभिनेताको रुपमा डेब्यू गरेका हुन् । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्रको छायाँकन काठमाडौं, पोखरा, जोमसोम र दुबईमा गरिएको हो ।
चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, करणराज कार्की, कल्याण सिंह र अर्जुन पोखरेलको संगीत छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
