‘गुनगुन’ हटाएको विषयमा निर्माता र हल सञ्चालक बिच आरोप–प्रत्यारोप
शुक्रबार प्रदर्शन भएको चलचित्र गुनगुनलाई अष्टनारायण पिक्चर्सले शनिबारनै हटाइदिए पनि दुवै पक्षबिच आरोप प्रत्यारोप चलेको छ ।
हलले चलचित्र उतारेपनि निर्माता पुकार भट्टराईले चलचित्र निर्माता संघका उजुरी दर्ता गरेका छन् । उनले चलचित्र दर्शकको राम्रो प्रतिक्रिया सहित हलमा चल्दै गर्दा शनिबार अष्टनारायण हलले आफुलाई नसोधी, वितरकलाई समेत जानकारी नदिई हटाएको आरोप लगाएका छन् ।
उनले निर्माताको चलचित्र प्रदर्शनको हक माथी मनोमानी गरेको भन्दै क्षतिपुर्ति सहित कारबाहीको माग गरेका छन् । निर्माता भट्टराईको उजुरी पत्र प्राप्त भएपनि चलचित्र निर्माता संघका महासचिव तथा न्यायिक समितिका अध्यक्ष रोज राणालाई हामीले आवश्यक कारबाहीको प्रक्रिया बारे प्रतिक्रिया मागेका थियौं । उनले उजुरी परेको भए त्यसमाथी छानबिन गरी भएको के हो, विस्तृतमा बुझेर मात्र प्रतिक्रिया दिने जनाएका छन् ।
यता निर्माताको आरोपको खण्डन गर्दै अष्टनारायण पिक्चर्सले पनि एक बिज्ञप्ती जारी गरेको छ । सोहित मानन्धरले हस्ताक्षर गरि जारि गरिएको बिज्ञप्तीमा शुक्रबार चलचित्र हेर्न प्रत्याप्त दर्शक नआएको, शो नै बन्द गर्नु परेको भन्दै २५ प्रतिशत भन्दा कम अकुपेन्सी भएपछि चलचित्र हलबाट उतार्न पाइने सम्झौता बमोजित आफुहरुले गुनगुन हटाएको उल्लेख गरेका छन् ।

Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
