चलचित्र ‘जिग्री’को ट्रेलर सार्वजनिक

कमेडी, क्राइम, एक्सन र ड्रामाको मिश्रण रहेको चलचित्र ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । पैसाको चक्करमा दुई युवाको दौडधुप अनि किचलो चलचित्रको मुख्य विषयबस्तु रहेको ट्रेलरमा देख्न सकिन्छ । चलचित्रको ट्रेलर ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।
फागुन ४ गते प्रदर्शन हुने चलचित्र ‘जिग्री’लाई आकाश मगरले निर्देशन गरेका हुन् । चलचित्रमा अभय राज बराल र आकाश मगरसँगै सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।
सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल चलचित्रको निर्माण सहकार्य रहेको चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung