‘घरज्वाइँ’ ट्रेलरमा प्रतिक्रिया, दयाहाङको मगर अवतारको प्रतिक्षा
असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’ अहिले चर्चामा छ । चलचित्रको सार्वजनिक प्रचार सामाग्री पोस्टर, टिजर, गीत र ट्रेलरका कारण चलचित्रले दर्शकमाझ राम्रो हाइप निर्माण गरिरहेको छ ।
चलचित्रको गत बिहीबार सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जितिरहेको छ । चलचित्रको ट्रेलरलाई मिलेको प्रतिक्रिया हेर्दा पनि दर्शक उत्साहित रहेको देख्न सकिन्छ । हालसम्म चलचित्रको ट्रेलरलाई करिब ८ लाख ४५ हजार बढि भ्युज, ३५ हजार बढि लाइक्स र २ हजार बढि कमेन्ट पाएको छ । कमेन्टमा अधिकांश दर्शकले दयाहाङ राई र मिरुना मगरको जोडीलाई रुचाएका छन् ।
ट्रेलरको कमेन्ट बक्समा प्रवीन गुरुङले लेखेका छन्, ‘कबड्डीमा हिमालको थकाली, जारीमा पूर्वको लिम्बु, अब पश्चिमको मगर समुदायको कथामा शुभकामना दया मिरुनको जोडी ।’ अर्का कमेन्टर सनिम वान्तवा लेख्छन्, ‘चलचित्र समाजको एना हो । रुकुमको तकसेराको मगर समुदायको रितिरिवाज, परम्परा, संस्कृति र विश्वास पद्धतिलाई त्यहाँका मगरले लगाउने भेषभुषा, बोलिचाली, खानपानलाई बहुत सुन्दर ढङ्गले देखाएको घरज्वाइँ हेर्नु आतुर छु ।’
जिएम मूभीज र एबीएम चलचित्र प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
