शनिबार बक्सअफिसमा ‘घरज्वाइँ’को आक्रामक व्यापार
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘घरज्वाइँ’ले आज शनिबार बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । शुक्रबार बिहानी शोमा पानीले केही हदसम्म असर गरेपनि दिउँसोबाट पिकअप लिएको चलचित्रले शनिबार बिहानी शोबाटै आक्रामक व्यापार गरेको वितरक रोहित कट्टेलले बताए ।
शनिबारको बिहानी शोमा ८० प्रतिशत माथिको अकुपेन्सी देखिएको थियो, भने दिउँसो १२ बजेपछिका शोमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक कट्टेलले बताए । शुक्रबार दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथका कारण धेरै हलले आज शनिबारका लागि शो थपेका थिए ।
शनिबार बिहानैबाट काठमाडौं उपत्यका र मोफसलका ठुला शहर पोखरा, नारायणघाट, विराटनगर, इटहरी, धरान, विर्तामोड, बुटवल, दाङ, नेपालगञ्जका हलमा दर्शकको चाप देखिएको निर्माता जनक घर्ती मगरले बताए । साथै, हिजो शुक्रबार आज शनिबार दर्शकको राम्रो साथ पाएपछि हलले भोली आइतबारका लागि अधिकांश हलले शनिबारका शोलाई नै यथावत राखेका छन् ।
दर्शकको राम्रो साथ मिलेपछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले दर्शकलाई धन्यवाद दिएका छन् । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको भन्दै भोली आइतबारबाट पनि दर्शकको यस्तै साथ आवश्यकता रहेको उल्लेख गरेका छन् । डेव्यु निर्देशक अनिल बुढा मगरले पनि आफ्नो पहिलो पाइलामा नै दर्शकको यो लेवलको साथ र सहयोग मिल्दा आगामी दिनमा अझ उत्कृष्ट चलचित्र निर्माण गर्नु पर्ने चुनौती थपिएको बताएका छन् ।
जिएम मूभीज र एबीएम चलचित्र प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
चलचित्रका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने चलचित्रको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले चलचित्रको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा चलचित्रलाई आरआर फिल्मसले वितरण गरेको हो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
