'घरज्वाइँ' प्रिमियरमा मगर संस्कृतिको चर्चा, दायाहाङ र मिरुनाको अभिनयको तारिफ

आगामी शुक्रबार अर्थात् असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको गरिएको छ ।
प्रिमियर शोमा चलचित्र हेर्न प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, खुस्मा निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्माता तथा निर्देशक अपिल बिष्ट लगायतका चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिनिधि समभाकी उपसभामुख इन्दिरा राना मगरले प्रिमियरमा सिनेमा हेरे पश्चात मिडियासँग प्रतिक्रिया दिँदै - 'यो सिनेमाले मगर सम्प्रदायको त्यो पनि पश्चिमतिरको हाम्रोमा पूर्व र पश्चिमको मगर छ । पश्चिमको मगरले खाम बोल्छन् । हामी पूर्वको मगर हामी चाहीँ मगर भाषा भन्छौं । हामी पनि पश्चिमबाट नै बसाई सरेर पूर्व पुगेका हौं । रुकुमको तकसेरा क्षेत्रको कथा उठान गरेको सिनेमामा टिपिकल कुराहरु सिनेमाले उठाएकाले घरज्वाइँ उत्कृष्ट बनेको छ ।'
पूर्वको मगर चाहीँ एकदमै चाँडो शिक्षित भएर सभ्य हुँदै गएको देखिन्छ । जस्तो मेरो दाई पढेको मान्छे हुनुहुन्थ्यो । जसलाई मामाको छोरी बिहे गर्न भन्दा म मामाको छोरी बिहे गर्दिन् भन्नु भएको थियो । उहाँलाई थाहा थियो कि मामाको छोरी बैनी हो । यस्ता टिपिकल कुराहरु चलचित्रले उठाएकाले घरज्वाइँ उत्कृष्ट बनेको छ ।
अभिनेत्री उपासना सिंह ठकुरीले पनि चलचित्र निकै मन परेको बताइन् । यो चलचित्रको स्टोरी लाइन नै एकदमै फरक लाग्यो । म सुदुरपश्चिमबाट आएको मान्छे भएर यो कल्चर मलाई एकदमै फरक र राम्रो लाग्यो । यो चलचित्रले महिलाको इमोसन र सेन्सेटिभ कुराहरुलाई ध्यान दिएर चाहीँ पहिलो प्रथामितामा राख्ने संस्कृति राम्रो लाग्यो । यसले गर्दा चलचित्रले आफुलाई छोएको उपासनाले बताउँछिन् । अभिनेता कुन्साङ बम्जनले पनि चलचित्रको कथावस्तु र प्रस्तुती निकै मन परेको बताए ।
चलचित्रका मुख्य अभिनेता दायाहाङ राईले मगर संस्कृति निर्देशक अनिलले ५ बर्ष अगाडी कन्सेप्ट बनाएर गरेको तयारी यतिवेला भाको भएदेखि म नहुँन पनि सक्थे होला । तर, त्यो वेलादेखिको हाम्रो एउटा प्लानिङ भएर यो प्रोजेक्ट भएको बताए । साथै, ‘घरज्वाइँ’ मगर कल्चर हो । कल्चरमाथि इन्ट्रेस्ट हो मेरो । हरेक कल्चरहरुलाई म मरो क्षमताले भ्याएसम्म बुझ्ने कोशिस गर्छु । अझ मैले गर्ने काममा नै यी कुराहरु आउँदा त म एकदमै खुशी छु । मैले नढाटी भन्दा चाहीँ म मगर संस्कृतिबाट निकै नै टाढा नै हो । मेरो जिल्ला र गाउँमा नै मगरहरु निकै कम हुनुहुन्छ । त्यसैले पनि यो चलचित्र सवैले हेरेर सहयोग गर्नु हुन्छ भन्नेमा विश्वस्त छु ।
अभिनेत्री मिरुना मगरले पनि ‘घरज्वाइँ’ हेरेपछि मिडियासँग प्रतिक्रिया दिने क्रमममा हामी सानैदेखि हुर्किदा पूर्वमा हुर्केको हो । मेरो घर धरान भएको कारणले मैले पूर्वेली तरिकाले मगर समुदायमा के–के गरिन्छ । त्यहाँको कल्चरहरु चाहीँ मैले देख्दै घरमा पनि त्यो कुराहरु लागु गर्दै हुर्केको हो । तर, यो चलचित्रमा काम गरिरहँदा हामी मगरहरुको कल्चर कति रिच रैछ भन्ने कुरा मैले महसुस गरे । पूर्वी रुकुम, तकसेरा, बाछिगाउँ, लुगुम म कैले पुग्छु भनेर सोचेको पनि थिइन् । त्यहाँ पुग्दा मैले जुन देखेको थिए । मगर कल्चर त्यो भन्दा अझै बढि रैछ । भिन्न भिन्न किसिमको रैछ भन्ने जान्न र बुझ्न पाए । त्यसैले सम्पुर्ण नेपाली चलचित्रका दर्शकले पनि मगर कल्चर जान्न र बुझ्नको लागि पनि यो चलचित्र हेर्न जरुरी छ ।
जिएम मूभीज र एबीएम चलचित्र प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
अनिल बुढा मगरेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । चलचित्र असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ ।
चलचित्रका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने चलचित्रको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले चलचित्रको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal