‘घरज्वाइँ’ ब्यापार उत्साहजनक
अनिल बुढा मगर निर्देशित चलचित्र ‘घरज्वाइँ’ पाँचौँ दिनमा पनि उत्साहजनक रूपमा चलिरहेको छ ।
देशभर उच्च शो र उच्च अकुपेन्सीसहित चलचित्र चलिरहेको वितरक रोहित कट्टेलले बताएका छन् । उनका अनुसार धेरै हल पाँचौँ दिन पनि हाउसफुल भएका छन् । समाजिक सञ्जाल फेसबुकमा उनले हाउफुल शोका तस्बिर सार्वजनिक गर्दै उनले खुसी साझा गरेका छन् ।
‘आज पाँचौँ दिन पनि घरज्वाइँ चलचित्रले देशभरी ब्यापक माया पाएको छ । पाँचौँ दिनको भब्य खुसी बाँड्ने मौका दिनुभयो,’ निर्देशक अनिल बुढा मगर भन्छन्, ‘तपाईंहरूको मायालाई सीरमा राख्दै हाम्रो घरज्वाइँ टिम निकै आभारी छ ।’
निर्माता जनक घर्ती मगरले पहिलो दिनदेखि मंगलबारसम्म दर्शकको उत्तिकै साथ मिलेको बताएका छन् । शुक्रबार र शनिबार इनिसियल व्यापार राम्रो गरेको चलचित्रलाई दर्शकबाट वर्डअफ माउथ राम्रो पाएको जनकले बताएका छन् । वर्डअफ माउथकै कारण पाँचौँ दिन पनि हाउफुलका साथ चलचित्र चलेको उनले बताए ।
जीएम मुभिज र एबीएम चलचित्र प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
