चलचित्र 'घरज्वाइँ'को दोस्रो गीत 'यानीमाया' सार्वजनिक
अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र 'घरज्वाइँ'को दोस्रो गीत 'यानीमाया' सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत र थापाकै स्वर रहेको छ ।
गीतमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर पिचर्ड छन् । यही गीतको रिदममा चलचित्रको ब्याग्राउण्ड म्युजिक तयार गरिएको निर्देशक मगरले जनाएका छन् । चलचित्रको दृश्यभाषा र क्यारेक्टरको हिँडाइ र बोलाईलाई समेत यही गीतको थिममा राखेर प्रस्तुत गरिएको उनको दाबी छ ।
जिएम मूभीज र एबीएम चलचित्र प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुने जनाइएको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
