चलचित्र ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक
नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच टिजर सार्वजनिक गरिएको हो ।
सार्वजनिक टिजरमा परम्परागत जीवनशैली र आधुनिक परिवर्तनबीचको संघर्ष चलचित्रको कथा रहेको संकेत गरिएको छ । नबिन सुब्बाको निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, पशुपति राई र प्रसान राईले अभिनय गरेका छन् ।
टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । यस्तै चलचित्रका कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् । चलचित्र जेठ २५ गते प्रदर्शन हुँदैछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
