यश कुमार र मेचुको स्वरमा ‘गाह्रो छ’

२०८० जेष्ठ २५
यश कुमार र मेचुको स्वरमा ‘गाह्रो छ’

गायक यश कुमार र मेचु धिमालको स्वर रहेको गीत ‘गाह्रो छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बेगम नेपालीको शब्द, ऋषि खड्काको संगीत, कमल सौरागको एरेन्ज र कुमार रानाको मिक्सिङ र मास्टरिङ छ ।

रोमान्टिक फ्लेभरको गीतको भिडियोमा रियाशा दाहाल र बेगम नेपाली ‘भटभटे माइला’ फिचर्ड छन् । रियाशा र बेगम टेलिफिल्म ‘गाह्रो छ हो’मा रुचाइएका जोडी हुन् ।

भिडियो बेगम फिल्मस्को व्यानरमा निर्माण गरिएको भिडियोको छायांकन कुलेखानीमा गरिएको छ हो । काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन र अजय रेग्मीको छायांकन रहेको छ ।