Mansara

प्राकृतिक स्रोतको लाभका लागि ग्याङ फाइट – छड्के २

२०७९ फागुन ८
प्राकृतिक स्रोतको लाभका लागि ग्याङ फाइट – छड्के २

फागुन १९ मा प्रदर्शन हुने अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’ले प्रतिक्षित मध्येको एक चलचित्र हो । ग्याङस्टरको कथा भन्ने चलचित्रले रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा भन्छ । मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गगर्न हुने ग्याङ बिचको युद्ध चलचित्रमा देखाइएको छ ।

तीनवटा ग्रीन ग्याङको नेता अनमोल हुन् । उनी मेन डगको भूमिकामा छन् । अनमोलको यो पहिलो ग्याङस्टर चलचित्र हो ।  जसको शरीरभरी ट्याटु हुन्छ । हातमा हमेसा खुँडा हुन्छ । बुलेट बाइक चढ्ने उनले आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेकाअहिलेसम्म बाहिर आएका कन्टेन्टले देखाएका छन् । 

चलचित्रमा मनाङको सुन्दर पठार देखिने छ । यो चलचित्रमा प्राकृतिक स्रोतको उपयोग र दोहनमा हुने लुछाचुँडीसँगै नेपालका उच्च हिमालीभेगको सुन्दरता पनि देखिने छ । 

निगम श्रेष्ठको निर्देशक रहेको चलचित्रका लेखक पनि उनी स्वयं हुन् । “स्थानीयस्तरमा प्राकृतिक स्रोतको उपयोग र त्यसको दुरुपयोग कसरी भइरहेको छ भन्ने यो चलचित्रले देखाउँछ । हामीले मनाङ पुगेर यार्सागुम्बुको कथा भनेका छौँ, यो त एउटा प्रतिनिधि घटनामात्रै हो,” निर्देशक श्रेष्ठ भन्छन्, – “देशका हरेक प्राकृतिक स्रोतमा स्थानीयस्तरमा यस्तै लडाइँ झगडा हुने गरेको छ । आआफ्नो ग्याङ बनाएर त्यस्तो स्रोत हत्याउने काम भइरहेको छ । यस्ता ग्याङले कहाँबाट कसको सहयोग पाउँछन् र चोखिन्छन् त्यो पनि केही हदसम्म हाम्रो चलचित्रले देखाउने छ ।” 

चलचित्र ट्रेलर बुधवार सार्वजनिक हुँदैछ । चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन छ । 

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी र लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।