‘गणपति’को पोस्टर सार्वजनिक
चलचित्र ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७९ को शुभकामना सहित सार्वजनिक गरिएको पोस्टरमा मानिस र भगवान गणेशलाई आधा–आधा राखिएको छ ।
यसै बर्ष रिलिजको लक्ष्य राखेको चलचित्रले भगवान र मानिसबीचको फरक देखाउने बताइएको छ । ‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा धर्मको विरोध वा प्रचार नगरिएको लेखक तथा निर्देशक सबिन अधिकारीले जनाएका छन् ।
चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा छायाँकन गरिएको चलचित्रका निर्माता लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी हुन् । चलचित्रमा हरिबहादुर घलेको छायांकन, अनिस अधिकारीले शब्द तथा संगीत र अनिस अधिकारी र देवेन्द्र बब्लुको स्वर रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
