Kumari Bank

नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल

लेन्सनेपाल २०७७ चैत्र ६
नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल

रंग पत्रकार तथा चलचित्र निर्देशक फूलमान बल नेपाल टेलिभिजनको महाप्रवन्धक नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बललाई चार वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो ।

यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।

काभ्रेपलाञ्चोकका फुलमान पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन् । उनी निर्देशित चलचित्र ‘निरफूल’ प्रदर्शनको तयारीमा छ ।