हलमा थपिए दुई नेपाली चलचित्र ‘११ः५५’ र ‘द्रौपदी’, ‘अञ्जिला’को दबदबा भने कायमै
फ्राइडे रिलिज अन्र्तगत आजबाट दुई नेपाली चलचित्रहरु ‘द्रौपदी’ र ‘११ः५५’ प्रदर्शन भएका छन् । चलचित्र ‘द्रौपदी’को कथा कर्णाली क्षेत्रको बहुपति प्रथामा आधारित रहेको छ । यस्तै ‘११ः५५’ क्राइम थ्रिलर जनराको चलचित्र हो । एउटा घरमा भएको हत्याको कथामा चलचित्र आधारित छ । मल्टिप्लेक्सले ‘द्रौपदी’लाई ४५ र ‘११ः५५’लाई देशभर ६० बढी शो उपलब्ध गराएका छन् ।
शुक्रबार बिहानी शोहरु हेर्दा दुबै चलचित्रमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छैन । यद्यपी माउथ पब्लिसिटी राम्रो भएमा शनिबार व्यवसायिक आँकडा परिवर्तन हुन सक्नेछ ।
शुक्रबार रिलिज भएका दुवै चलचित्र भन्दा हलमा गत विहिबारबाट रिलिज भएको चलचित्र ‘अञ्जिला’को दबदबा ज्यादा देखिन्छ । पहिलो दिन १ सय ५ शो पाएको चलचित्रको माउथ पब्लिसिटी बलियो हुँदा शोहरु थप भइरहेका थिए । दोस्रो हप्तामा पनि चलचित्रको शो संख्या उल्लेख्य छ । शुक्रवार यो चलचित्रले १ सय ७० भन्दा धेरै शो प्राप्त गरेको देखिन्छ । नयाँ रिलिज चलचित्रहरूलाई ‘अञ्जिला’ चुनौती बनेको छ । ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र हो ।
यस्तै, तेस्रो हप्तामा पुगेको चलचित्र ‘होस्टेल ३’ ले अझै पनि ५० भन्दा बढी शो पाएको छ । ‘होस्टेल ३’ व्यावसायिक रूपमा सफल भइसकेको छ । यसबाहेक नेपाली चलचित्रहरु ‘आउट लः दफा २१९’, ‘राजागंज’, र ‘लाज शरणम्’लाई हलहरुले सामान्य शो संख्यमा प्रदर्शन जारी राखेका छन् । यस्तै विदेशी चलचित्रहरूमा ‘स्नो ह्वाइट’, ‘मिकी १७’, र ‘छावा’ पनि नेपालमा प्रदर्शन भइरहेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
