फ्राइडे रिलिज : ‘गुनगुन’, ‘दैलो’, र ‘अनुग्रह’
फ्राइडे रिलिज अन्र्तगत आजबाट ३ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएका चलचित्रहरुमा हुन ‘गुनगुन’, ‘दैलो’, र ‘अनुग्रह’ रहेका छन् । प्रदर्शनमा आएका ३ वटै चलचित्रले मल्टिप्लेक्समा शो पाएका छैनन् । सिंगल थियटरमा भने हल बाडेका छन् ।
अभिनेता पुकार भट्टराईद्वारा निर्देशित तथा निर्मित चलचित्र हो गुनगुन । उनले आफ्नो लामो समयको अभिनय अनुभवलाई चलचित्रमा समावेश गरेको बताएका छन् । चलचित्र समाजिक विषयवस्तुमा आधारित एक्सन समेतको मिश्रण भएको पारिवारिक तथा प्रेम कथाको भएको निर्माण पक्षले जनाएको छ । चलचित्र हेर्दा दर्शक निराश बन्नु नपर्ने बरु पूर्ण मनोरञ्जन लिएर फर्कने निर्देशकको भनाई छ । प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा सुवास मेचे, सञ्चिता लुईटेल, पुकार भट्टराई, रवीन्द्रप्रताप सेन, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बालदीप राई, विपिन प्रसाईंलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा हिमाल केसीको द्वन्द्व, सौरभ लामाको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।
यस्तै अर्को चलचित्र हो दैलो । दैलोलाई सुरेश उप्रेतीले निर्माण र निर्देशन गर्नुका साथै आफैले मुख्य भुमिकामा अभिनय गरेका छन् । अर्को चलचित्र अनुग्रह कुमार केसीको निर्देशन रहेको चलचित्र हो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi



