‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरु’ रिलिज, ‘माग्ने राजा’लाई बढी शो
आजबाट तीन नेपाली चलचित्रको एकसाथ प्रदर्शन आरम्भ भएको छ । तीजको छेको पारेर प्रदर्शनमा आएका चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ हुन् ।
ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’ कमेडी जनराका चलचित्र हो । चलचित्रले एक साधारण गाउँले युवाको धनी बन्ने सपनालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्छ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेको चलचित्र दर्शकमाझ प्रतीक्षित हो । सामिप्य राज तिमल्सेनाको लेखन रहेका चलचित्रमा वर्षा सिवाकोटी, विल्सन बिक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । मुनाल घिमिरेको निर्माण रहेको चलचित्रले ३ चलचित्र मध्ये सबै भन्दा बढी १४५ शो पाएको छ ।
यस्तै अर्को चलचित्र ‘जनै हराएको मान्छे’लाई हिमाल न्यौपानेले निर्देशन गरेको हुन् । विजय बरालको केन्द्रीय भूमिका रहेको चलचित्रमा केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, भोलाराज सापकोटा जस्ता कलाकारको समेत अभिनय छ । भानुभक्त ढकालको लेखन रहेको चलचित्र रुवाउनै पर्छ भन्ने धङधङ्गीबाट मुक्त छैन ।
यस्तै अर्को चलचित्र ‘ताराहरू’लाई आशाान्त शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का लगायत कलाकारहरूको अभिनय छ । चलचित्रले सहरिया निम्नमध्यमवर्गीय परिवारको कथालाई प्रस्तुत गर्छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
