प्रदर्शन भए ‘ऊनको स्वीटर’ र ‘जार’

चलचित्र ‘ऊनको स्वीटर’ र ‘जार’ एकसाथ प्रदर्शनमा आएका छन् । प्रतिक्षत चलचित्र ‘ऊनको स्वीटर’ करिब २ सय शो र ‘जार’ करिब ९० शो सहित प्रदर्शनमा आएका हुन् ।
चलचित्र ‘ऊनको स्वीटर’को अग्रीम टिकट बुकिङमा सुखद देखिएको छ । आजका केही शोज बिहिबार नै हाउसफूल भएका थिए । विहानी शोमा अधिकांश हलमा ‘डोरसेल’ पनि उत्साहजनक देखिएको छ ।
बुधवार काठमाडौंमा सम्पन्न प्रिमियर शोमा पनि ‘ऊनको स्वीटर’ले सकारात्मक प्रतिक्रिया बटुलिसकेको छ । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, सुरज तमु, सुनिल पोखरेल, भावना खपाङ्गी मगर लगायतको मुख्य भूमिकामा रहेको यो प्रेमकथालाई नवीन चौहानले निर्देशन गरेका हुन् ।
त्यसै गरी, चलचित्र ‘जार’ अर्को चलचित्र ‘ऊनको स्वीटर’को छायाँमा परेको देखिन्छ । चलचित्रको अग्रीम टिकट बुकिङ खासै उत्साहजनक छैन । प्रिमियरमा चलचित्रको तारिफ भएको थियो । यद्यपी प्रिमियरमा गरिएको तारिफलाई दर्शकहरुले पत्याउन छोडेका छन् । सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाको मुख्य भूमिका रहेको चलचित्रलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।
Latest Updates
New Releases (Baishak 26)
-
Jaar
Director : Phurba Tshering Lama
Casts : Geetanjali Thapa, Saugat Malla, Anoop Bikram Shahi -
Unko Sweater
Director : Nabin Chauhan
Casts : Bipin Karki, Miruna Magar, Sunil Pokharel, Maotse Gurung, Wilson Bikram Rai
Next Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal