‘ऐना झ्यालको पुतली’ र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शन, ‘झिङ्गेदाउ’ र ‘प्रकाश’ पनि हलमै
आज शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ देशव्यापी प्रदर्शन आएका छन् । चलचित्र ‘ऐना झ्यालको पुतली’ले सपनाको कथा भनेको छ भने ‘गोर्खाः बिनिथ द ब्रेभरी’ले इतिहासको कथा भनेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा अवार्ड समेत जितेको ‘ऐना झ्यालको पुतली’लाई सुजित बिडारीले निर्देशन गरेका हुन् । केही दिनअघि भएको प्रिमियरमा प्रशंसा बटुलेको चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीको अभिनय छ । चलचित्रका निर्माता आकाश पौडेल, प्रविन स्याङ्बो, सुशान्त श्रेष्ठ, रामकृष्ण पोखरेल र निर्देशक सुजित बिडारी हुन् ।
त्यस्तै, गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने राइफलम्यान कुलवीर थापाको वास्तविक कथामा आधारित भएर निर्माण भएको ‘गोर्खाः बिनिथ द ब्रेभरी’लाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, ओली बस्सी, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ ।
यस्तै गत साताबाट प्रदर्शनमा आएको चलचित्र ‘झिङ्गेदाउ’ दोस्रो सातामा प्रदर्शन भएको छ भने भाद्र १० बाट प्रदर्शनमा आएको चलचित्र ‘प्रकाश’ तेस्रो सातामा प्रदर्शनरत् छ । यि दुबै चलचित्रले माउथ पब्लिसिटी राम्रो भएका कारण दोस्रो र तेस्रो सातामा पनि उल्लेख्य शो पाएका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
