‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ प्रदर्शन
चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ प्रदर्शनमा आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका यी दुवै फरक जनराका चलचित्र हुन् ।
लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
सफल निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ । यसकारण यो हप्ता दर्शकहरुले आआफ्नो स्वाद अनुसारको सिनेमा हेर्न पाउनेछन् । ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ले मल्टीप्लेक्स हलमा समान शो पाएका छन् भने सिंगल थिएटर पनि बराबरी जस्तै नै छ ।
दुवै सिनेमाका नाम चलेका कलाकारको अभिनय छ । ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन मुख्य भूमिकामा छन् । यही सिनेमाबाट गायक सोनम तोप्देनले अभिनेताको रुपमा डेब्यू गरेका छन् । त्यस्तै, ‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमको मुख्य भूमिका छ । यो सिनेमाले पनि अभिनेताको रुपमा कुशल विष्टलाई डेव्यु गराएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
