Mansara

फ्राइडे रिलिज ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’

२०७५ मंसिर २८
फ्राइडे रिलिज ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’

शुक्रबारबाट तीन चलचित्र ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’ प्रदर्शनमा आएका छन् ।

चलचित्र ‘सुश्री सम्पत्ति’लाई सुव्रत आचार्यले निर्देशन गरेका छन् । सलोन बस्नेत, विनोद न्यौपाने, राजाराम पौडेल, प्रमोद अग्रहरी, विशादर बस्नेत, सारा सिपाइली, सुनिता श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको चलचित्रमा प्रियंका कार्कीले एक आइटम गीतमा नृत्य गरेकी छिन । रमेश त्वायना प्रस्तुतकर्ता रहेको यो चलचित्रको कथा सुव्रत आफैंले लेखेका हुन् ।

यस्तै ‘कथा ७२’ प्रवीण स्याङ्बोको निर्देशन रहेको चलचित्र हो । चलचित्रमा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, पल्मो सन्जु तामांङ, केदार श्रेष्ठ, शारदा अधिकारीको अभिनय रहेको छ ।

यस्तै अर्को चलचित्र हो ‘डोली’ । राजबहादुर सानेको निर्देशन रहेको यो चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान, संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, हिउवाला गौतललगायतका कलाकारको अभिनय रहेको छ ।

Mahajatra