जेष्ठ सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने चलचित्र पत्रकार संघको निर्णय
चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।
संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म कार्यसमितिको निर्णयद्वारा ६० वर्ष उमेर पुगेका वा त्योभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकारलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता वापत छ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
संघका सचिव विशाल राईद्वारा जारी विज्ञप्ती अनुसार उक्त सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नविकरण शुल्क मिनाहा गर्नुका साथै यो सुविधा प्राप्त गर्ने सदस्यको पहिचान कार्यसमिति र कल्याणकारी कोष सञ्चालक समितिले गर्ने निर्णय भएको छ ।
यसैगरी, बैठकले यही माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारहरुका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरेको छ । यसका साथै चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन यही फागुन १७ गते काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ । महाधिवेशनका लागि निर्वाचिन समिति तथा स्थान भने आगामी वैठकमा तय गर्ने निर्णय भएको छ ।
अधिवेशन प्रायोजनका लागि संघका सदस्यहरुले माघ १५ गतेसम्म अनामनगरस्थित संघको कार्यालयमा आफैं उपस्थित भई सदस्यता नविकरण गर्नुपर्ने निर्णय समेत गरेको छ ।
यसका साथै संघले २४ जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गरेको छ । पत्रकारहरु भद्रबहादुर कार्की (नविन), अमृता खनाल, सृजना विश्वकर्मा (सोजना), सरिता भारती, सुदीप पौडेल, लक्ष्मी बलायर, सेञ्जल अधिकारी, संगीता गिरी, सुजन श्रेष्ठ, अर्जुन गुरागाईं, नवराज गिरी, निशा बजगाईं, पवन भट्टराई, प्रकाश भुषाल, राज मल्ल, सुष्मा कार्की, सबी कार्की, सन्तोष खनाल, शालिकराम न्यौपाने, संगीत ओली, रत्नबहादुर चन्द, धिरज गुरुङ, दीपक गिरी तथा दीपेश गौतमलाई संघको सदस्यता प्रदान गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
