चलचित्र पत्रकार संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने
चलचित्र पत्रकार संघ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा संघले ५५ हजार ५ सय ५५ रुपैयाको यो सम्मान घोषणा गरेको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औं वार्षिकत्सवको अवसर पारेर उक्त सम्मान प्रदान गरिने कार्यक्रममा जानकारी गराइयो ।
कलाको विभिन्न विधामा कम्तिमा २५ वर्ष पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको र १५ वर्षभन्दा बढी निरन्तर संघमा आबद्ध एकजना पत्रकारले हरेक वर्ष जेठ ७ गते उक्त सम्मान प्राप्त गर्ने संघका अध्यक्ष समीर बलामीले जानकारी दिए । उनले अग्रज पत्रकारको हौसला बढाउन रजत सम्मान सुरु गर्न लागिएको बताए । सम्मानको राशी ५५ हजार ५ सय ५५ रुपैयाँ छ ।
कार्यक्रममा अध्यक्ष बलामीले पुर्व चलचित्र पत्रकारलाई मानर्थ सदस्य समेत बितरण गर्ने बताए । ‘पहिले चलचित्र पत्रकारिता गरेका र अहिले बिभिन्न कामले पत्रकारिता भन्दा बाहिर रहेका ब्यक्तिलाई सम्मान र एकढिक्को गर्न हामीले मानर्थ सदस्य प्रदान गर्न लागेका छनै । मानर्थ सदस्यको भोटिङ राइट भने हुनेछैन’ बलामीले थपे ।
कार्यक्रममा संघले २०८० सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।
चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते आफ्नो स्थापना दिवस पारेर दुई जनालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र दुई जनालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान’ र एक जनालाई एउटा ल्यापटप सहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’, २५ हजार नगद सहित शाखामा आवद्धका एक पत्रकारलाई ‘राष्ट्रिय मोफसल पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ । यसबर्षबाट संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ थपेको हो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
