चलचित्र पत्रकार संघले गर्यो सम्मान तथा पुरस्कार घोषणा
चलचित्र पत्रकार शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान अर्पण गरिने भएको छ । चलचित्र पत्रकार संघ नेपालले आफ्नो वार्षिक उत्सवको अवसर पारि जेष्ठ ७ गते उक्त सम्मान अर्पण गर्नेछ । यसै वर्षबाट थप गरिएको रजत सम्मानमा ५५ हजार नगद राशि रहेको छ । शान्तिप्रिय संस्थापक महासचिव तथा पूर्व अध्यक्ष पनि हुन् ।
यस्तै पत्रकारद्वय तुलसी गिरी भावुक र श्रीराम सिग्देललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान अर्पण गरिने भएको छ । आइतबार बसेको कार्यसममिति बैठकले सम्मानको दायारा बढाउँदै पहिलो पटक शाखामा आवद्ध पत्रकारलाई राष्ट्रिय सम्मानको घोषणा गरेको हो । पत्रकार श्रीराम सिग्देल कास्कि शाखाका संस्थापक अध्यक्ष हुन् ।
यस्तै संघले यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार कुबेर डंगोल र दिपज्योति थापालाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशि जनही ५१ हजार रहेको छ ।
त्यस्तै ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ सृष्टि पोखरेल र ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८०’ रवि अधिकारीलाई दिने निर्णय गरेको छ । प्रोत्साहन पुरस्कारमा एउटा ल्यापटप र मोफसल पुरस्कारमा २५ हजार नगद रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
