हेटौडामा पुरस्कृत र सम्मानित भए चलचित्र पत्रकार र कलाकर्मी
क्रियाशील कलाकर्मी र पत्रकारलाई आइतबार हेटौंडामा सम्मान तथा पुरस्कृत गरिएको छ। चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा चार पत्रकार र तीन फिल्मकर्मीलाई २०७७, ०७८ र ०७९ सालको सम्मान र पुरस्कार प्रदान गरेको हो ।
सो अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ । उनलाई वागमती प्रदेशका संस्कृतिमन्त्री दीपेन्द्र श्रेष्ठले नगद १० हजार र सम्मानपत्रले पुरस्कृत गरेका हुन् । तीन दशकभन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला, संस्कृति तथा फिल्म क्षेत्रको प्रवद्र्धनमा योगदान पुयाएबापत पत्रकार गिरीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो । गिरी चलचित्र पत्रकार संघका केन्द्रीय पूर्वअध्यक्ष पनि हुन् ।
संघले चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट राममणि दाहाल र कलाकर्मी सम्मान–२०७७ बाट चलचित्र प्राविधिक संघ अध्यक्ष प्रेम बोमजन ९पुष्कर लामा० लाई प्रदान गरेको छ। दाहाललाई ५ हजार नगद राशिसहित पुरस्कृत गरिएको हो। त्यसैगरी, चलचित्र पत्रकारिता पुरस्कार–२०७८ बाट दीपक अधिकारीलाई पुरस्कृत गरिएको छ भने कलाकर्मी सम्मान–२०७८ बाट अभिनेता राज कटुवाललाई सम्मान गरिएको छ। चलचित्र पत्रकारिता पुरस्कार–२०७९ बाट चलचित्र पत्रकार संघ नेपालकी केन्द्रीय उपाध्यक्ष दीपज्योति थापा र कलाकर्मी सम्मान–२०७९ बाट चलचित्र लेखक तथा निर्देशक शिवम् अधिकारीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा मन्त्री श्रेष्ठले प्रदेशमा फिल्म क्षेत्रको विकासका लागि आगामी बजेटका केही व्यवस्था गरिने विश्वास दिलाए। मन्त्री श्रेष्ठले फिल्मकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने पनि बताए। मन्त्री श्रेष्ठले फिल्मकर्मीलाई फिल्म छायांकनका लागि यहाँका पर्यटकीय तथा हिमाली क्षेत्रमा जाँदा आवश्यक पर्ने सहयोगका लागि आफूसहित मन्त्रालय सधैं तयार रहने प्रतिबद्धता व्यक्त गरे। संघले हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा पुरस्कार तथा सम्मान गर्दै आएकोमा अघिल्ला दुई वर्ष कारोना कहर तथा यस वर्ष जेठ ७ गते स्थानीय तह निर्वाचनको मतगणनाका कारण आइतबार कार्यक्रम गरिएको सचिव श्रीराम अर्जुनले बताए ।
संघ मकवानपुर कार्यवाहक अध्यक्ष कपिल खड्काको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, वागमती प्रदेश महासचिव कृष्ण सारुमगर, जिल्ला शाखा अध्यक्ष मणिराज गौतम, संघको केन्द्रीय उपाध्यक्ष थापा, केन्द्रीय पूर्वअध्यक्ष गिरी, चलचित्र पत्रकार संघ मकवानपुर संस्थापक अध्यक्ष कुमार अधिकारी, ब्रोडकास्टिध्र एसोसिएसन अफ नेपाल उपाध्यक्ष उज्ज्वल चौलागाईं, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष लामा, लेखक तथा निर्देशक अधिकारी, हेटौंडेली कलाकार सुुशान्तकुमार श्रेष्ठलगायतले पत्रकारिता र कलाक्षेत्रका विविध विषयमा चर्चा गरेका थिए । सोही अवसरमा महासंघ शाखा अध्यक्ष गौतमलाई संघको शाखालाई यहासम्म ल्याउन गरेको योगदानस्वरुप आभारपत्र प्रदान गरिएको थियो ।
- नेपालसमाचार पत्र
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
