सम्मान र पुरस्कार प्रदान गर्दै मनाइयो चलचित्र पत्रकार संघको रजत जयन्ती
चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरु सोमबार राजधानीमा सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकारिता दिवसको अबसर पारेर चलचित्र पत्रकार संघले उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।
उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठको प्रमुख आतिथ्यामा चलचित्र पत्रकार संघले विविध कार्यक्रम आयोजना गर्दै चलचित्र पत्रकारिता दिवस तथा संघको २५ औं वार्षिक उत्सब (रजत वर्ष) मनाएको छ । चलचित्र पत्रकार संघ नेपाल ७ जेठ २०५६ मा स्थापना भएको हो । संघले यो वर्ष रजत महोत्सब मनाईरहेको छ । यही अवसरमा सोमबार उपप्रधानमन्त्री महासेठले चलचित्र पत्रकारहरुलाई संघका तर्फबाट सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
समारोहमा यो वर्षको चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट पत्रकार विदूर गिरीलाई सम्मानित गरिएको छ । उनलाई ५५ हजार ५५५ रुपैयाँसहित सो सम्मान प्रदान गरिएको हो । यस्तै जनही ५१ हजार रुपैयाँ सहित सुरज खड्का र अशेष अधिकारी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएका छन् । यसैगरी राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट कृष्ण भट्टराई र राज श्रेष्ठ सम्मानित भएका छन् ।
दाङमा रहेर सक्रिय रुपमा चलचित्र पत्रकारिता गर्दै आएका शिब पुन यो वर्षको राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । उपप्रधानमन्त्री महासेठले उनलाई पुरस्कारबापत २५ हजार रुपैयाँ र पुरस्कारपत्र सो समारोहमा प्रदान गरे । यसैगरी सोही समारोहमा २५ हजार रुयैयाँ राशी सहित रास्ट्रीय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार मदन रिजाललाई प्रदान गरियो ।
७ जेठमा स्थापना भएको चलचित्र पत्रकार संघले यो दिनलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ । संघको स्थापना भएको २५ औं वार्षिक उत्सबको अबसर पारेर सोमबार समारोहमा केही कला पत्रकारलाई रजतवर्ष सम्मान पनि गरियो । समारोहमा पत्रकारहरु सिधाखबरका सम्पादक तथा मकवानपुरका चलचित्र पत्रकार मणिराज गौतम, ब्युटी न्युज नेपालकी चलचित्र पत्रकार जयन सुब्बा मनन्धर, नारी टिभीका रञ्जन खनाल, नेपाल लाईभका डिबी खड्का सहित रँग पत्रकार शिल्पा अधिकारी, रविन्द्र खड्का, अमृत पुडासैनी र दीपक बिष्ट रजत बर्षको अबसरमा सम्मानित भए ।
चलचित्र पत्रकार संघको यो उत्सवलाई सहयोग गरेको भन्दै समारोहमा विभिन्न चलचित्र निर्माण कम्पनी तथा सहयोगीहरुलाई कदरपत्रबाट सम्मानित गरिएको थियो । समारोहमा चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले अग्रज चलचित्र पत्रकारहरुको योगदानले संघले आज रजत वर्ष उत्सब मनाउन सफल भएको बताए । चलचित्र पत्रकारहरुको हक हितमा आउँदा दिनमा अझ धेरै काम गर्ने प्रतिबद्धता उनले सो क्रममा जनाए ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
