‘फिरफिरे फिरिरी’ माघ ४ गते रिलिज हुने
हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टर संगै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउने छ । यसअघि कार्तिक २२ मा रिलिज हुने भनिएको यो चलचित्रको रिलिज स्थगित भएको थियो ।
नविन भट्टले निर्देशन गरेको चलचित्रमा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई बिन्दबासिनी क्रियसनको ब्यानरमा मनोजकुमार अधिकारीले निर्माण गरेका हुन् भने नितिश पुन सह निर्माता रहेका छन् ।
चलचित्रमा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन, जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
