८६ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान
चलचित्र क्षेत्रमा सक्रिय कलाकार तथा प्राविधिकलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गगरिएको छ । चलचित्र विकास बोर्डले आइतबार आफ्नै प्रेक्षालयमा आयोजित कार्यक्रमका बिच ८६ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा भएको र्काक्रममा मन्त्रालयका सचिव राधिका अर्याललगायत चलचित्र क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री गुरुङले चलचित्रकर्मीहरूको योगदानको कदर गर्दै विशिष्ट चलचित्रकर्मी परिचयपत्रधारीलाई रु १ लाख ५० हजार र चलचित्रकर्मी परिचयपत्रधारीलाई रु ७५ हजार बराबरको स्वास्थ्य बीमा उपलब्ध गराइने घोषणा गरे ।
बोर्ड अध्यक्ष दिनेश डिसीका अनुसार २० देखि ३० वर्षसम्म चलचित्र क्षेत्रमा योगदान पुर्याउने चलचित्रकर्मीहरूलाई यसपटक परिचयपत्र प्रदान गरिएको हो । कार्यक्रममा अभिनेता विश्व बस्नेत, दीपकराज गिरी, रमेश उप्रेती, दीपाश्री निरौला, जीतु नेपाल, सुनिल थापा, शारदा गिरी, पुरुषोत्तम प्रधानसहित ८६ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको छ ।
‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्राप्त गर्ने चलचित्रकर्मीको विवरणका लागि यहाँ क्लिक गर्नुहोस् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
