महिलाले खेल्न सकेनन् चलचित्रमा हस्तक्षेपकारी भूमिका !
नेपाली चलचित्र तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति बारे एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । किपालय प्रडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
चलचित्र विकास बोर्डको प्रेक्षालयमा दिनभर चलेको कार्यक्रममा चलचित्र तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति तथा भूमिकाका विविध पाटोमा छलफल गरिएको थियो । मुख्य गरी तीन भागमा बाँडी गरिएको कार्यक्रममा अधिकांश सहभागीले चलचित्र तथा मिडिया दुवैमा महिलाको संख्या मात्र कम नभएर दुवै क्षेत्रमा उनीहरूको हस्तक्षेपकारी भूमिका पनि नभएको निष्कर्ष प्रस्तुत गरेका थिए ।
ब्रिटिश काउन्सिलले महिला दिवसको दिन ८ मार्चबाट सुरु गरी १० दिनसम्म मनाइरहेको विविधि कार्यक्रममध्ये एक दिन वुमन अफ दिन वल्र्ड फेस्टिभलअन्तर्गत चलचित्र डेको रुपमा मनाउने निर्णय गर्दै चलचित्र मा महिलाको भूमिकालाई केन्द्रमा राखेर एक दिने कार्यक्रम आयोजना गरेको हो ।
बिहान ११ बजेदेखि सुरु भई साँझसम्म चलेको कार्यक्रमको पहिलो सेसनमा ७ जना महिला चलचित्र कर्मीले बनाएका छोटा चलचित्र देखाएर तिनमाथि छलफल चलाइएको थियो । ‘महिला र उनीहरूको कथा वाचन’शीर्षकमा समेटिएको चलचित्र स्क्रिनिङ तथा छलफलमा चलचित्र कर्मी सपना बेलबासे, शिरिषा कुँवर र जियोन मगरसँग पुष्पा जोशीले छलफल चलाएकी थिइन् । १८ वर्षभन्दा माथि र तल गरी दुई श्रेणीमा विभाजन गरी देखाएका चलचित्र मा दोस्रो चरणमा १८ वर्षभन्दा मुनिका महिलाले बनाएका चलचित्र देखाएर छलफल गरिएको थियो । सो सत्रको सञ्चालन प्राधान्य योञ्जनले गरेकी थिइन् भने कर्मा इहाजोम, इहाका डोल्मा, सम्पदा सापकोटा, रोसेटे डेला रोसा तामाङ र अन्नपूर्ण देवकोटाले आफूले बनाएका चलचित्र को बारेमा धारणा राखेका थिए ।
यही सत्रमा ग्रान्टमा चलचित्र बनाइरहेका चलचित्र कर्मीले यसरी संघ संस्थाबाट आर्थिक सहयोग पाएर चलचित्र बनाउँदाका अनुभव बाँडेका गिए । प्रसुना डंगोलले सञ्चालन गरेको यो छलफलमा प्रशंसा केसी, बर्खा राई, तोरा योङ र आकांक्षा कार्कीले आफ्नो अनुभव बाँडेका थिए ।
दोस्रो सत्रमा भने नेपाली चलचित्र मा महिलाको चरित्र चित्रणसम्बन्धी समस्यालाई प्रस्तुत गरिएको थियो । कार्यक्रममा पिंकी शिरिष रानाले नारीवादको आँखाबाट नेपाली सिनेमा र मिडियामा महिलाको अवस्था प्रस्तुत गरेकी थिइन् भने अभिमन्यु दीक्षितले विगतदेखि वर्तमानसम्ममा नेपाली सिनेमामा महिलाको प्रतिनिधित्वको चर्चा गरेका थिए । सो सत्रमा केही नेपाली सिनेमाका प्रतिनिधि दृश्यहरू देखाउँदै तिनले समग्र नेपाली सिनेमाको अवस्था बयान गर्ने आसय व्यक्त गरिएको थियो । यो सत्रको संयोजन गौंथली इन्टरटेनमेन्टले गरेको थियो ।
कार्यक्रमको तेस्रो भागमा भने नेपाली सिनेमामा महिलाको वर्तमान अवस्था, अवसर तथा चुनौतीका विषयमा राउन्ड टेबल छलफल चलाइएको थियो । अभिनेत्री उषा रजकले सहजीकरण गरेको छलफलमा चलचित्र मार्फत नारी सशक्तिकरणमा काम गरिरहेका संस्थाका प्रतिनिधिको सहभागी रहेको थियो । कार्यक्रममा प्लान नेपालीकी रक्षा पौडेल, निर्देशक शान्ता नेपाली, नेपाली टेलिभिजनकी वरिष्ठ कार्यक्रम निर्माता नीता सापकोटा, ओनियन चलचित्र का सह संस्थापक सुरत गिरी, नेपाल चलचित्र क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेती, ह्युमन राइट चलचित्र फेस्टिभलकी बिधु माझी, डकस्कुलका सरोज सापकोटा, युएन वुमनका रविन राई, माउन्टेन फन्डका कार्यकारी निर्देशक स्कट म्यालेनन , पत्रकार तथा समीक्षक सामीप्यराज तिमल्सेना र किपालयकी सदस्य पुष्पा जोशीको सहभागिता रहेको थियो ।
छलफलमा सहभागी अधिकांशले आफूहरूले संस्थागत रुपमा अडियो भिज्युवल प्रडक्सनमा महिलाको सहभागिता बढाउन विभिन्न कार्यक्रम गरिरहेको जानकारी गराएका थिए । अधिकांशले लैंगिक विभेदलाई प्रश्रय दिने सामाजिक सोचमा परिवर्तन नल्याएसम्म यो क्षेत्रमा सोचे झैँ महिलाको प्रतिनिधित्व गराउन नसकिने बताएका थिए ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
