Mansara

बिद्यालय स्तर बाटै चलचित्र शिक्षाको व्यवस्था गर्न बोर्डको पहल

२०७७ भाद्र ११
बिद्यालय स्तर बाटै चलचित्र शिक्षाको व्यवस्था गर्न बोर्डको पहल

चलचित्र बिकास बोर्डले बिद्यालय स्तर बाटै चलचित्र शिक्षाको व्यवस्था गर्न पहल शुरु गरेको छ । सञ्चार मन्त्रालय हुँदै शिक्षा मन्त्रालयमा लगिएको प्रस्तावमा मन्त्रालय सकारात्मक देखिएको छ ।

फलतः शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेको छ । समितिले कोरोना प्रभाव हट्ने बितिकै आगामी बर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य शुरु गर्नेछ । आगामी बर्षदेखि विद्यालय स्तरबाटै चलचित्र वारे पढ्न पाईने गरि पहल भइरहेको विकास बोर्डको जनाएको छ । निमावी तहदेखि सबै क्याम्पसहरुमा चलचित्र वारे शिक्षा शुचारु गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्व बढ्ने बोर्डको बिश्वास छ ।

शुरुमा विद्यालयस्तर र त्रिभुवन विश्व विद्यालय अन्तर्गतका पाठ्यक्रममा चलचित्रलाई समेट्ने तयारी गरिएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालका अनुसार यसले भविष्यमा गएर चलचित्र प्रति रुची हुने विद्यार्थीलाई पहिले देखि नै लगाव राख्ने र तयारी गर्न सहज हुनेछ ।

विकास बोर्डका अनुसार स्कुल तहदेखि नै चलचित्रको इतिहास, साहित्यीक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरेको बताए ।