इन्डो–नेपाल फिल्म ‘मोना लिसा’ निर्माणको घोषणा
इन्डो–नेपाल फिल्म ‘मोना लिसा (ब्लडी लभ) निर्माणको घोषणा गरिएको छ । घटस्थापनाको दिन पारेर बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा चलचित्र निर्माणको घोषणा गरिएको हो ।
दक्षिण भारतीय र नेपाली फिल्मकर्मी मिलेर चलचित्र निर्माण गर्न लागेका हुन् । नेपालमै तयार हुन लागेको फिल्मको टाइटल पोस्टर समेत सार्वजनिक गरिएको छ । फिल्म किङ योगीको लेखन तथा निर्देशनमा तयार हुनेछ ।
ठूलो बजेटमा निर्माण हुने भनिएको फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेशनल स्टुडियोजले दिएको छ । यसअघि ठूला–ठूला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूह यसमा संलग्न हुने भएकाले प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ ।
हाल फिल्मको प्रारम्भिक तयारीसँगै कलाकार छनोट प्रक्रिया अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ । कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको फिल्म २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना रहेको बताइएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
