Mansara

चलचित्र ‘मेयर’को शुभ मुर्हुत

२०८० फागुन २
चलचित्र ‘मेयर’को शुभ मुर्हुत

चलचित्र ‘मेयर’को शुभ मुर्हुत गरिएको छ । श्रीपञ्चमीको अवसर पारी बुधबार दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान मन्दिरमा पुजाआजा सहित शुभ मुर्हुत गरिएको हो ।

सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवन संघर्षमा आधारित रहने चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् । शर्मिला पाण्डे र श्रृष्टिमाँ खड्का निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता निर्देशक खनाल नै हुन् । 

महेश दवाडीको लेखन रहेको चलचित्रमा खगेन्द् लामिछाने शिर्ष भूमिकामा देखिनेछन् । चलचित्रमा उनका अलवा वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेब, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, संजोग रसाईली, अशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतका कलाकारको अभिनय रहनेछ । अर्विशाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

फागुन १२ गतेबाट छायाँकन शुरु हुने चलचित्रमा कृष्ण थापाको छायाँकन र जे वाइवा र कल्याण सिंहको संगीत रहनेछ ।