निर्देशक शाही ‘प्रोड्युसर्स नेटवर्क’का लागि चयन, फिल्म मार्केटमा ‘एक्लो’ प्रस्तुत गर्ने

२०८२ बैशाख ३
निर्देशक शाही ‘प्रोड्युसर्स नेटवर्क’का लागि चयन, फिल्म मार्केटमा ‘एक्लो’ प्रस्तुत गर्ने

निर्देशक तथा निर्माता प्रदीप शाही विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल अन्तर्गतको ‘प्रोड्युसर्स नेटवर्क’का लागि चयन भएका छन् । फेस्टिभल अन्तर्गतको ‘प्रोड्युसर्स नेटवर्क’ आगामी मे १३ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ ।

नेटवर्कमा विश्वभरबाट प्रतयेक वर्ष ४ सयभन्दा धेरै चलचित्र निर्माताहरुले सहभागिता जनाउने गरेका छन् । कान्सले विश्वभरका निर्माताहरुलाई अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गर्न सन् २००३ बाट ‘प्रोड्युसर्स नेटवर्क’ सञ्चालन गर्दै आएको छ ।

‘प्रोड्युसर्स नेटवर्क’मा चयन भएसँगै निर्देशक शाहीले यो आफ्नो लागि ठूलो सम्मान रहेको बताएका छन् । उले आफ्नो नयाँ साइ–फाइ चलचित्र ‘एक्लो’लाई कान्सको फिल्म मार्केटमा प्रस्तुत गर्नेछन् । उनी भन्छन् – ‘यो केवल चलचित्र प्रस्तुत गर्ने कुरा होइन, नेपाललाई विश्वसामु चिनाउने प्रयास पनि हो ।’

यसअघि ‘गोर्खाः बिनिथ द ब्रेभरी’, ‘अन्तिम संस्कार’ जस्ता चलचित्रका निर्देशक शाहीले बेलायतमा चलचित्र मेकिङ सम्बन्धी अध्ययन गरेका हुन् । त्यहाँ केही छोटा चलचित्र र सिरिजमा काम गरेपछि उनी नेपाली चलचित्रमा निर्देशनमा होमिएका थिए ।

‘एक्लो’ उनको महत्त्वाकांक्षी चलचित्र हो । चलचित्रमा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दीया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, त्रुचु राई, दिग्गज खत्री, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय छ । हिमालयको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिमा आधारित चलचित्रलाई यस वर्षको अन्त्यसम्ममा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

Latest Updates

New Releases (Chaitra 29)

Next Releases (Baishak 12)