‘फिल्ममेकिङ माष्टरक्लास’मा ५४ जना सहभागिता
चलचित्र विकास बोर्डको आयोजनामा जारी ‘फिल्ममेकिङ माष्टरक्लास’मा ५४ जनाले सहभागिता जनाएका छन् । चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मिहरुको सहभागिता रहेको ५ दिने माष्टरक्लास डिसेम्बर १७ मा समापन हुनेछ ।
माष्टरक्लासको उद्देश्य अंग्रेजी तथा अन्य विदेशी चलचित्र सरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धि गर्नु रहेको सबोर्ड अध्यक्ष दिनेश डिसीले जनाएका छन् । कार्यशालाले चलचित्र निर्माणमा आफ्नो ज्ञान र सीपहरु गहिरो बनाउन चाहने विद्यार्थीहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । माष्टरक्लसलाई अष्ट्रेलियामा चलचित्र विषयमा स्नातकोत्तर गरेका सरोज कुमार चौहानले नेतृत्व गरेका छन् ।
प्रत्यक्ष चलचित्र निर्माण प्रदर्शन र ह्यान्ड्स(अन अभ्यासहरू मार्फत सहभागीहरूले सिनेम्याटोग्राफी, प्रकाश, कला डिजाइन, स्टेजिङ र निर्देशन जस्ता महत्त्वपूर्ण पक्षहरूको प्रयोग गरी कसरी हलिउड जस्तो लुक सिर्जना गर्ने भन्ने बारेमा व्यावहारिक ज्ञान हासिल गर्ने अवसर पाउने जनाइएको छ ।
सिनेपाल स्टुडियो, भैसेपाटीमा सञ्चालन भइरहेको कार्यक्रमको समापन कार्यक्रममा सहभागीहरूले निर्माण गरेका लघु चलचित्रहरू प्रदर्शन गरिनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
