Mahajatra

‘चुरीफुरी’को गीत ओइ ओइ पियारी सार्वजनिक

२०७८ कार्तिक ८
‘चुरीफुरी’को गीत ओइ ओइ पियारी सार्वजनिक

चलचित्र ‘चुरीफुरी’को गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समाबेश ओइ ओइ पियारी बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा ऋषीराज आचार्य र दिपक शर्माको शब्द, दिपक शर्माकै संगीत र बिनिशा पौडेल र समिर आचार्यको स्वर रहेको छ ।

लामो समय बन्द रहेका हल खुले पनि नयाँ चलचित्रहरु रिलिजको क्रमले अझै गति लिएको छैन । यसै बिच निर्देशक आचार्यले आफ्नो चलचित्र पुष ९ गतेबाट प्रदर्शनमा ल्याउने जनाएका छन् ।

निर्देशक आचार्यकै लेखन रहेको चलचित्रमा प्राय नयाँ कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा नव कलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेतका साथै कलाकारहरु रबिन्द्र झा, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, रश्मी आचार्यलगायतको  अभिनय रहेको छ ।

आरबि मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रलाई रिना ढकालसँग मिलेर आचार्य स्वयम्ले निर्माण गरेका हुन् । चलचित्रका सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । चलचित्रमा राहुल राईको छायाँकन, नवीन निरौलाको सम्पादन, भिमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको छ ।