'फेरि रेशम फिलिली'को ट्रेलर सार्वजनिक
अमेरिकाको भिषा लागेको रेशम र उसको लागेको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको दन्वदको सेरोफेरोमा घुमेको 'फेरि रेशम फिलिली'को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक चलचित्रको ३ मिनेट ७ सेकेण्डको टिजरले चलचित्र हास्यरसले भरिपूर्ण रहेको देखाएको छ ।
सार्वजनिक ट्रेलरले दर्शकलाई कमेडीको फूल मनोतञ्जन दिने सहज अनुमान गर्न सकिन्छ । ट्रेलर हेर्दा झण्डै १० वर्ष अगाडि रिलिज भएको चलचित्रको यो नयाँ सिक्वलले उस्तै कमेडीको तड्का दिने देखिन्छ । चलचित्रले त्यतिबेला हरिया पात्रलाई लोकप्रिय बनाएझैं यसपटक मेक्सम गौडेललेको हाजमोला चरित्र दर्शकका लागि फ्रेस अफर हुने अनुमान लगाउन सकिन्छ ।
हरियाको रेशमलाई समस्यामा पारिरहने पुरानो शैलीले यसपटक पनि दर्शकलाई पेट मिचिमिचि हसाउने सम्भावना ट्रेलरले दिएको छ । संमग्रमा ट्रेलरले हलसम्म दर्शकलाई सजिलै आकर्षित गर्ने देखाएको छ । झण्डै ३ दर्जनबढि पात्रको सेरोफेरोमा घुम्ने चलचित्रको परिस्थितजन्य कमेडी दर्शकका लागि रुचिकर हुने ट्रेलर देखाएको छ ।
चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन चलचित्रमा रहेको छ ।
चलचित्र आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।
चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि उनले नै लेखेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
