फागुन १४ मा ‘फेरी रेशम फिलिली’को प्रदर्शन हुने
चलचित्र ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ । पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।
सार्वजनिक पोस्टरमा कलाकारद्वय विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ । विनय ९ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन् । ‘फेरी रेशम फिलिली’ ‘रेशम फिलिली’को सिक्वेलका रुपमा निर्माण गरिएको हो |
चलचित्रमा विनय र सुपुष्पासहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ |
रौनक विक्रम कडेलको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् | निरोज महर्जनको निर्देशन रहेको चलचित्रमा सुसन प्रजापतीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ ।
सिनेमा आर्टस्को प्रस्तुती र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्र सह-निर्माताको रुपमा एनी थापा छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
