चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदिप पराजुलि निर्वाचित
चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदिप पराजुलि निर्वाचित भएका छन् । शनिबार सम्पन्न १५ औं अधिवेशनबाट पराजुलि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिबेशनबाट अन्य पदाधीकारी र सदस्यह निर्बिरोध भएपनि सह सदस्य पदका लागि भने निर्वाचन भएको थियो । उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात निर्विरोध निर्वाचित भए । यस्तै सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाई, उत्सव केसी र अमृतमान महर्जन निर्विरोध निर्वाचित भएका छन् ।
सहसदस्य पदका लागि भने निर्वाचन भएको थियो । निर्वाचनबाट सीमा गुरुङ र रामकुमार श्रेष्ठ सहसदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचनलगत्तै बसेको पहिलो कार्यसमिति बैठकले सर्वसम्मतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएका कमल एक्चै मगर र भीषण राईलाई सदस्यमा मनोनित गरेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
