चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
चलचित्र विकास बोर्डले चलचित्र अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । बोर्डले बुधवार एक कार्यक्रमको आयोजना गरी माध्यमिक तहदेखि पिएचडीसम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्ति रकम विद्यार्थीहरूलाई हस्तान्तरण गरे । डिसीले माध्यमिक र स्नातक तहका विद्यार्थीहरूको छात्रवृत्ति ओस्कार इन्टरनेशनल कलेजका संयोजक नवनिधि दाहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल सङ्गीत विद्यालयका प्रिन्सिपल शिशिर उप्रेतीलाई हस्तान्तरण गरे ।
विद्यार्थीहरूको छात्रवृत्ति कार्यक्रम २०६१ सालबाट सुरु भएता पनि यस वर्षबाट अध्यक्ष डिसीको पहलमा माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको बताइएको छ । यसअघि विद्यावारिधिमा दुई जना, स्नातकमा १० जना र सर्ट कोर्स २ जनालाई दिने गरिएको भएता पनि यस वर्षबाट विद्यावारिधितर्फ ३ जनालाई, स्नातकमा १३ जनालाई र माध्यमिकतर्फ ५ जनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
