Mansara

आइवार्ड प्रतिष्पर्धामा लघु चलचित्र ‘फगुनिया’ प्रथम

२०७८ मंसिर २५
आइवार्ड प्रतिष्पर्धामा लघु चलचित्र ‘फगुनिया’ प्रथम

लघु चलचित्र ‘फगुनिया’ले आइवार्ड प्रतिष्पर्धा–२०२१ जितेको छ । यौनजन्य विरुद्धको कथा बोकेको चलचित्रलाई सरिता शाहले निर्देशन गरेकी हुन् । चलचित्रले प्रथम पुरस्कार स्वरुप २५ हजार रुपैयाँ पनि प्राप्त गरेको छ ।

यस्तै निर्देशकद्वय पुष्पाजोशी र एन्जिला चौधरीको ‘ललिता’ले द्वितीय भई १५ हजार र निर्देशकद्वय श्रृषा कुँवर र अस्मिता लावतीको ‘समाइरा’ले तृतीय भई १० हजार रुपैयाँ पुरस्कार पाएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको सर्ट फिल्म प्रतिष्पर्धामा देशभरबाट महिला निर्देशकद्वारा निर्देशित १७ वटा लघुचलचित्रहरु प्रस्तुत गरिएको थियो ।
 
यता ‘जलवायु  परिवर्तन’ विधामा सोनाम छोके लामाको डोल्पाको हिमश्रृंखलाको कथा बोकेको चलचित्र ‘द माउन्टेन आर एंग्री’ उत्कृष्ट भएको छ । जनचेतना मूलक सन्देश बोकेका प्रतिस्पर्धी ६ वटा लघु चलचित्रहरु मध्ये उत्कृष्ट भएको यो चलचित्रले पनि २५  हजार रुपैयाँ पुरस्कार पाएको छ । यो बिधामा ब्रिटिस काउन्सील नेपालले सहकार्य गरेको थियो ।

Mahajatra