पाँच वर्षपछि दर्शकमाझ आउँदै गर्दा उत्साहित रेखा
अभिनेत्री रेखा थापा पाँच वर्षपछि चलचित्र ‘उपहार’ मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि आगामी फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘उपहार’को प्रचारप्रसार अमेरिकामै बसेर गरिरहेकी छन् । उनले त्यहीबाट विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिइरहेकी छन् ।
रेखाले निर्देशन र अभिनय गरेको चलचित्र ‘मालिका’ पाँच वर्षअघि दर्शकमाझ आएको थियो । पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् । ‘मालिकापछि मैले अभिनेत्रीकै रुपमा चलचित्रमा त काम गरिनँ । तर एक दुईवटा चलचित्रका गीतमा केमियो गरें’, उनी भन्छिन्, ‘चलचित्रमा काम गर्ने सोच त थियो, तर बीचमा कोभिड महामारीको लकडाउनले त्यो सम्भव भएन ।’
रेखाको बुझाईमा ‘उपहार’ अमूल्य विषय हो । उनको भनाईमा ‘उपहार’ दर्शकको मन मस्तिस्कमा बस्ने गरी लेखिएको र बनाइएको छ । ‘नेपाली चलचित्र नियमित हेरिरहने र कहिल्यै नेपाली चलचित्र नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौं । यो चलचित्र हेर्दा आम दर्शकले नयाँ उर्जा पाउनुहुनेछ ।’
रेखाका अनुसार ‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको छ । नेपाली चलचित्रमा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने उनले त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्ने दाबी गरिन । ‘हाम्रो चलचित्र आँखालाई शितल दिने किसिमको छ । चलचित्रमा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनुहुनेछ’, रेखा भन्छिन् ।
रेखाले ‘उपहार’मा समाज रुपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताइन् । चलचित्रमा नारीमात्र होइन, पुरुष पनि पीडित छन्न् भन्ने कुरा देखाइएको उनले सुनाइन् ।
‘५–१० वर्ष यता नेपाली चलचित्रमा देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक छ । हामीले ‘हिट’ भन्दा पनि दर्शकले मनपराउने कथामा चलचित्र बनाएका छौं । चलचित्रको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौं । दर्शकले तनाव मुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ’, उनले भनिन् ।
रेखाले नयाँ कलाकारसँगको सहकार्यले आफू खुशी भएको बताइन् । ‘चलचित्रको प्रमोसनमा नयाँदेखि पुराना कलाकारहरुले उत्तिकै साथ दिइरहनुभएको छ । मेला, महोत्सव होस् या मिडिया अन्तरवार्तामा उहाँहरु सक्रिय हुनुहुन्छ’, रेखा भन्छिन् ।
ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
