रेथा थापा देखि हिमेश पन्त सम्म, यि हुन् संघिय र प्रदेश सभामा उमेदवारी दिएका चलचित्रकर्मी

आगामी संघिय र प्रदेशको निर्वाचनका लागि चलचित्रकर्मीहरुले पनि बिभिन्न क्षेत्रबाट उमेदवारी दिएका छन् । नायिका रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट राप्रपाको तर्फबाट उमेदवारी दिइन भने निर्देशक मनोज पण्डितले काभ्रेपलाञ्चोक २ बाट स्वतन्त्र उमेदवारी दिएका छन् ।
यस्तै कमेडी च्याम्पियन हिमेश पन्त र गायक संजय श्रेष्ठले पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । हिमेशले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरे भने गायक श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । श्रेष्ठले शनिबार मात्र राप्रपा परित्याग गरेका थिए ।
यस्तै निर्माता रोज राणाले प्यूठान क्षेत्र नम्बर १ ‘ख’बाट प्रदेश सभातर्फ उम्मेदवारी दर्ता गरेका छन् । यस्तै सिते बा उपनामले चिनिने कलाकार मदुसुदन पाठकले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् भने निर्माता तथा वितरक करण श्रेष्ठ क्रेजीले काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश ‘ख’मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का तर्फबाट उम्मेदवार दर्ता गरेका छन् ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi