प्रदीपको ‘एक्लो’ पुषमा रिलिज हुने
साइफाइ चलचित्र ‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक गर्दै चलचित्र पुषमा प्रदर्शन हुने जनाइए पनि प्रदर्शन मिति भने तोकिएको छैन ।
प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्रको सार्वजनिक भिडियोमा चलचित्रका प्रायः सबै प्रमुख पात्रको लुक्सलाई देखाईएको छ । चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायत बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, तथा बेलायती अभिनेता जेमी बेकन को अभिनय रहनेछ।
हाल लण्डनमा पोस्ट–प्रोडक्सनको काम भइरहेको चलचित्रका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन् । कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । चलचित्रमा बाबु श्रेष्ठको छायांकन, राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन र सन्तोष लामाको कला निर्देशन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
