चलचित्र ‘दुखी आत्मा’को टिजर सार्वजनिक
चलचित्र ‘दुखी आत्मा’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका छ ।
टिजरमा दयाहाङलाई रोमान्टिक र पीडित दुवै अवतारमा देख्न सकिन्छ । ‘एडल्ट ड्रामा’ उल्लेख गरिएको टिजरमा आँचल भने बोल्ड हाउभाउ प्रस्तुत गरेकी छिन् । यसमा प्रायः संवाद दोहोरो अर्थ लाग्ने छन् ।
फागुन २ गते रिलिज हुन लागेको चलचित्रमा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर बाङ्देल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
हिमाल कडरियाको लगानी रहेको चलचित्रलाई क्लक वर्क क्रियशनले निर्माण गरेको हो । आलोक शुक्लाको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्र प्रेम दिवसको अवसर पारेर रिलिज हुँदैछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
