सर्यो ड्रिम गर्ल, अब मंसिर ७ मा आउने

चलचित्र ड्रिम गर्लले आफ्नो रिलिज पोष्टपोण्ड गरेको छ । झण्डै ३ महिना अघि अशोज १९ का लागि रिलिज डेट गय गरेको चलचित्रले रिलिजको एक हप्ता अघि प्रदर्शन मिति परिवर्तन गरेको हो ।
अब यो चलचित्र मंसिर ७ गते रिलिज हुने तय भएको छ । निर्माण युनिटले नयाँ रिलिज डेट सहित पोष्टर सार्वजनिक समेत गरेको छ ।
ऋषिराज आचार्य निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सन विक्रम राई, रुपा सुबेदी, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रमा ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घितालको लगानी रहेको छ । चलचित्रको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, गम्भीर बिष्टको कोरियोग्राफी, राहुल राईको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung