‘शब्द पुञ्जका भाव लहरी’ र ‘गाई एक विहङ्गम परिचय’को लोकार्पण

२०८० बैशाख २६
‘शब्द पुञ्जका भाव लहरी’ र ‘गाई एक विहङ्गम परिचय’को लोकार्पण

डा. बिनु बाबा अर्यालद्वारा लिखित दुई पुस्तक ‘शब्द पुञ्जका भाव लहरी’ र ‘गाई एक विहङ्गम परिचय’को लोकार्पण गरिएको छ । साहित्य र अत्ध्यात्म क्षेत्रका बिशिष्ठ ब्यक्तिहरुले प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित एक कार्यक्रमका बिच पुस्तकको लोकार्पण गरेका हुन् ।

सार्वजनिक गरिएको दुई पुस्तक मध्ये ‘शब्द पुञ्जका भाव लहरी’ कविता संग्रह हो । जहाँ बिभिन्न भावका १२५ वटा कविता समावेश गरिएको छ । यस्तै ‘गाई एक विहङ्गम परिचय’मा गाईको पौराणिक महत्व, वैदिक महिमा, संस्कार र संस्कृति सहित बिभिन्न ६ वटा खण्डमा गाईको बारेमा सविस्तार वर्णन गरिएको छ ।
कार्यक्रममा ‘शब्द पुञ्जका भाव लहरी’माथी साहित्यकार द्वय बिष्णु बिभु घिमिरे र मुना अर्यालले समिक्षात्मक टिप्पणी गरेका थिए भने ‘गाई एक विहङ्गम परिचय’ माथी प्राध्यापक डा. ऋषीराम पोखरेलले समिक्षा गरेका थिए ।

अनन्त विभूषित श्री १००८ स्वामी पदमधराचार्य महाराजको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा श्री १००८ स्वामी केशवानन्द महाराज, पूर्व राज्यमन्त्री डा. कान्ता भट्टराई, संगीतकार योगेन्द्र उपाध्यायलगायत  साहित्य र अत्ध्यात्म क्षेत्रका बिभिन्न ब्यक्तिहरुले पुस्तकको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा लेखिका अर्यालले पुस्तकबारे प्रकाश पारेकी थिइन । डा. अर्यालले यस अघि ‘राजनीति शास्त्रको सिद्धान्त’, ‘नेपाल परिचय’, ‘नयाँ नेपाल परिचय’, ‘नेपाल परिवार नियोजन’, ‘नेपालको संिक्षप्त जानकारी’, ‘जीवन मुस्कुराउने छ (गीति एल्वम)’ लगायतका पुस्तकहरु प्रकाशन गरिसकेकी छिन । सहप्राध्यापक समेत रहेकी डा. अर्यालको पुस्तक नेपाल परिचय त्रिभुवन बिश्वबिद्यालयको पाठ्यक्रममा समेत समावेश छ ।