चलचित्र ‘दोख’को दोस्रो टिजर

असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रको बुधबार नयाँ टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेत्री दीया मास्के, मनिष निरौला लगायतलाई प्रस्तुत गरिएको छ ।
माओवादी द्वन्द्ध कालको परिवेशमा निर्माण गरिएको चलचित्रलाई राजन कठेतले लेखेका हुन् । चलचित्रमा दीया, मनिषका अलावा लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
चलचित्रको गत शुक्रबारमात्रै अमृत गुरुङको स्वरमा रहेको ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलर पनि एक दुई दिनमा सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।
फरक कथामा निर्माण भएको चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal