आर्यन र प्रदिपलाई लिएर चलचित्र बनाउँदै दिनेश !

निर्देशक दिनेश राउत र नायक आर्यन सिग्देलको दोस्ति निर्देशक र नायकको भन्दा निकै माथी छ । चलचित्रमा काम गर्नु पूर्व नै यि दुई मिल्ने साथी थिए । यसअर्थ यिनिहरु एक अर्काका निकै प्रिय मानिन्छन् । ‘नोभेम्बर रेन’को अफर आफुलाई आएपछि आर्यनले नै उक्त चलचित्रमा दिनेशलाई भित्राएका थिए ।
यता पछिल्लो समय अर्का नायक प्रदिप खड्का पनि दिनेशका प्रिय बनिरहेका छन् । प्रदिपले पनि आफुलाई अफर आएको एक बायोपिकको निर्देशनका लागि पहिलो पटक दिनेशसँग कुरा लिएर गएका थिए । भलै त्यो चलचित्र बनेन् । यद्यपी कुनै समय एकपछि अर्को चलचित्रमा आर्यनसँग काम गर्ने दिनेश अचेल एकपछि अर्को प्रोजेक्टमा प्रदिपसँग जोडिएका छन् । बायोपिक चलचित्र नबने पछि उनले प्रदिपलाई लिएर ‘प्रकाश’ बनाए । त्यसयता दिनेशले गरेका केही बिज्ञापनमा पनि प्रदिप छुटेका छैनन् ।
निर्देशकहरु हिरो खोज्दै हिडेको त धेरै सुन्यौं । यि दुई नायक भने निर्देशकको मा अफर लिएर गएका थिए । सायद यसैले पनि होला त्यसपछि दिनेशले उनीहरुसँग एकपछि अर्को प्रोजेक्टमा काम गरेको ।
यतिबेला भने बजारमा अर्को चर्चा छ । दिनेशले आर्यन र प्रदिप दुवैलाई लिएर चलचित्र बनाउँदै छन् रे । दुई नायकको मुख्य भुमिका रहने चलचित्रको तयारी पनि भित्र भित्र चलिरहेको छ रे । तर, यसबारेमा बोल्न टिमका कोही पनि तयार छैनन् । निर्देशक राउत आफु यतिबेला चलचित्र ‘प्रकाश’को पोष्टमा ब्यस्त रहेको बताउँछन् । आर्यन म्युजिक भिडियोमा ब्यस्त छन् त प्रदिप यतिबेला मुम्बईमा छन् । यद्यपी उनीहरुले भित्र भित्र तयारी तिब्र रुपमा गरिरहेको बुझिएको छ । यति सम्मकी टिममा आवद्ध सबैलाई कुनै पनि खबर मिडियामा नचुहाउनु भन्ने कडा निर्देशन छ रे । अब राम्रो काम गर्नेहरुको टिमअप हुनु नराम्रो हुँदै होइन । तर, खबरलाई सक्दो गोप्य चाँही किन राखेका होलान !
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal