‘दिमाग खराब’को ‘बिरामी मुलुक’ सार्वजनिक
तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर चलचित्रमा समावेश लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको हो ।
जयन जे वाइवाको शब्द, संगीत तथा स्वर रहेको छ लिरिकल भिडियोका चल अचल दृश्यमा प्राय सवै कलाकारलाई कारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतका केही शब्दले दर्शकको मन जित्ने देखिन्छ ।
सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको चलचित्रमा आकाश बरालको लेखन छ । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।
निश्चलले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको यो चलचित्रका निर्माता रौनक विक्रम कँडेल हुन् । सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
