बढ्दै ‘दिमाग खराब’को ब्यापार

२०८० कार्तिक २६
बढ्दै ‘दिमाग खराब’को ब्यापार

चलचित्र ‘दिमाग खराब’ले सुखद ब्यवसायिक सुरुवात गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले शनिबार र आइतबार ब्यापार बढाएको छ ।

तिहारको अवसर पारि प्रदर्शनमा आएको चलचित्रको विषयवस्तुलाई धेरैले रुचाएका छन् । चलचित्रको प्रतिक्रिया लिन निर्देशक निश्चल बस्नेत सहित कलाकारहरु स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सुमन कार्कीलगायत बिभिन्न हलहरुमा पुगेका छन् । राजधानीका बिभिन्न हलहरुमा पुगेका उनीहरुले दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिएका छन् ।

चलचित्रले दर्शकहरुबाट मिश्रित प्रतिक्रियाका पाएको छ । चलचित्र मनोरञ्जनात्मक भएपनि यसको विषयले राजनैतिक दलहरुको बिरुद्ध स्वतन्त्र उमेद्धबारको पक्षमा आबाज बुलन्द बनाएको आरोप समेत केही दर्शकहरुले लगाएका छन् । यद्यपी निर्माण टिमले यसलाई अस्विकार गरेको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेका छन् । रौनक विक्रम कडेल निर्माता रहेको चलचित्रमा सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।